टि-२० वरीयातामा नेपालका चार खेलाडी, कुशल र ज्ञानेन्द्रको वरियाता सुधार

क्रिकेट

काठमाडौं,असार १६ : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) को टी–ट्वान्टी वरीयतामा नेपालका चार खेलाडी परेका छन् । आईसीसीको पछिल्लो टी–ट्वान्टी वरीयतामा नेपालका चार खेलाडी अटाएका हुन् । ब्याटिङतर्फ कुशल भुर्तेल, पूर्व कप्तान पारस खड्का, कप्तान ज्ञानेन्द्र मल्ल तथा बलिङतर्फ सन्दीप लामिछाने वरीयतामा अटाएका हुन् ।

ब्याटिङ वरीयतामा कुशल ६० औं स्थानमा रहेका छन्। यस अघि उनी ६१ औं स्थानमा रहेको थियो । कुशल बंगलादेशका शकिब अल हसनभन्दा अघि रहेका छन्। घरेलु भूमिमा भएको त्रिकोणात्मक टी २० आई सिरिजमा उत्कृष्ट प्रदर्शन गरेपछि कुशल वरीयतामा परेका हुन्।

वरीयतामा नेपालका पूर्व कप्तान पारस खड्का ८८ औं स्थानमा यथावत हुँदा कप्तान ज्ञानेन्द्र मल्ल ९२ औं स्थानमा रहेका छन् । उनको दुई स्थान सुधार भएको हो । बलिङतर्फको वरीयतामा नेपालका सन्दीप लामिछाने ७६ औं स्थानमा यथावत छन् । नेपाल टी–ट्वान्टी वरीयताको १३ औं स्थानमा रहेको छ । इङ्ल्यान्ड ६,९५० अंकका साथ शीर्ष स्थानमा छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *