राफेल बेनिटेज एभर्टनको मुख्य प्रशिक्षकमा नियुक्त

फुटबल

एजेन्सी। इङ्लिस प्रिमियर लिगको क्लब एभर्टनले लिभरपुलका पूर्व प्रशिक्षक राफेल बेनिटेजलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ। स्पेनका ६१ वर्षे बेनिटेजले एभर्टनसँग तीन वर्षको सम्झौता गरेका छन्।

‘म एभर्टनसँग जोडिन पाउँदा खुसी छु। मलाई लाग्छ यो क्लब राम्रो स्थानमा जाँदैछ। म क्लबको अझ धेरै सफलता हासिल गर्ने लक्ष्यमा आफ्नो भूमिका निर्वाह गर्न चाहन्छु,’ नियुक्तिपछि बेनिटेजले भने।

रियाल मड्रिडका प्रशिक्षण सम्हालिसकेका बेनिटेजले प्रिमियर लिगमा पछिल्लो पटक न्युक्यासल युनाइटेड सम्हालेका थिए। त्यसपछि उनी चीनको डालियन प्रोफेसनल एफसी गएका थिए। कार्लो एन्सेलोट्टी रियाल मड्रिड गएपछि एभर्टनमा प्रशिक्षकको पद खाली भएको थियो।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0