आज रातिबाट बार्सिलोना र मेसीबीचको सम्झौता सकिँदै

फुटबल

काठमाडौं : हाल कोपा अमेरिका खेलिरहेका अर्जेन्टाइन फरवार्ड लिओनल मेसी र स्पेनिस क्लब बार्सिलोनाबीचको सम्झौता आज रातिबाट सकिँदैछ। मेसीले बार्सिलोनासँग सन् २०१७ मा २०२१ सम्मका लागि चार वर्षे सम्झौता गरेका थिए। मेसीको बार्सिलोनाको २१ बर्षको सम्बन्ध के हुने भन्ने विषयमा फुटबल प्रेमीबीच चासोको विषय बनेको छ ।

बार्सिलोनाले मेसीसँग सम्झौता नवीकरण गर्ने प्रयास गर्ने पनि अन्तिम दिनसम्म सफल भएको छैन। बार्सिलोनाका अध्यक्ष जोन लोपोर्टाले मेसीसँग सम्झौता नवीकरणका लागि प्रस्ताव गर्ने र मेसीले प्रस्ताव स्विकार गर्ने विश्वास व्यक्त गर्दै आएका छन्।

आफ्नो पुरै क्यारियरनै बार्सिलोनामा बिताएका मेसीले गत बर्ष क्लबको व्यवस्थापनसँग विवाद भएपछि क्लब छोड्ने घोषणा गरेका थिए । तर क्लबले ७०० मिलियन युरो रिलिज मूल्य राखेपछि मेसीले बार्सिलोना छाडेनन् ।

अन्तराष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार मेसीले युरोकपपछि बार्सिलोनासँग दुई बर्षको सम्झौता गर्ने बताइएको छ । तर यस बारेमा क्लब र मेसीको तर्फबाट अहिलेसम्म कुनै संकेत भने दिएको देखिएको छैन ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tagged

Leave a Reply

Your email address will not be published. Required fields are marked *