बार्सिलोनासँग मेसिको सम्झौता समाप्त, अब कुन क्लबमा जान्छन् ?

फुटबल

काठमाडौं, असार १६ : अर्जेन्टेनी स्टार लियोनल मेस्सीको बार्सिलोनासँगको सम्झौता सकिएको छ। जुन महिना सकिएसँगै मेस्सीको करार सकिएको हो र अब उनी फ्री एजेन्ट बनेका छन्। कोच र क्लव ब्यवस्थापनसँग चर्को मतभेदपछि गत वर्ष नै बार्सिलोना छाड्न खोजेका मेस्सी अब नयाँ क्लवमा जान्छन् या बार्सिलोनामा नै बस्छन् केही खुलाएका छैनन् ।

महिनौँदेखि चलेका विभिन्न हल्ला तथा अनुमानका बाबजुद बार्सिलोनासँग उनले सम्झौता लम्ब्याएनन् । नयाँ सम्झौताका लागि छलफल जारी रहेको विश्वास गरिन्छ । यसको अर्थ मेस्सीले अझै पनि बार्सिलोनामै रहने निर्णय भने गर्न सक्ने छन् ।

बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टाले करार बढाउने प्रयास गरे पनि सफल हुन सकेनन्। यसको मतलब यो होइन की मेस्सी बार्सिलोनामै रहन सम्भव छैन, उनले बार्सिलोनासँग नयाँ करार गर्न सक्छन। यद्यपि उनी अहिलेको अवस्थामा बार्सिलोनाका खेलाडी होइनन्।

इंग्लिस क्लब म्यानचेस्टर सिटी तथा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले मेस्सीलाई भित्राउन खोजेको चर्चा छ । तर यसको ठोस निर्णय भएको छैन ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
2
+1
0
+1
0
+1
1

Leave a Reply

Your email address will not be published. Required fields are marked *