२० जना खेलाडी र स्टाफमा कोरोना पुन: प्ररिक्षण गर्दा १३ जनाको रिपोर्ट नेगेटिभ

फुटबल

काठमाडौं, असार १७ : नेपाली राष्ट्रिय फुटबल टोलीका ११ खेलाडीसहित १३ जनाको दोस्रो कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता किरण राईले २० जनामध्ये १३ जनामा रिपोर्ट नेगेटिम आएको जानकारी दिए ।

राष्ट्रिय टिमको बन्द प्रशिक्षण सुरु गर्नुअघि गरिएको कोरोना परीक्षणमा २० खेलाडी र अफिसियलमा कोरोना संक्रमण पुष्टि भएको थियो । ठूलो सख्यामा कोरोना देखिएपछि एन्फाले तत्कार पुनः परीक्षण गरेको थियो । खेलाडीमा कोरोना संक्रमण बिहान नै देखिएपनि एन्फाले दिउँसो मात्र जानकारी दिएको थियो ।

कुवेत भएको विश्वकप छनोट खेलेर फर्किएको नेपाली टिमले यसअघि कोरोनाको खोप लगाएको थियो। साफ च्याम्पियनसिप र एएफसी कपको छनोटको तयारी गर्न बन्द प्रशिक्षणका लागि ५० खेलाडी छनोट गरिएको थियो। राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले प्रारम्भिक टिम घोषणा गरेका थिए।

एन्फाले बिहीबार बिहान प्राविधिक कारण देखाउँदै बन्द प्रशिक्षण स्थागित गरिएको सामाजिक सञ्जालमार्फत् जानकारी दिएको थियो। अब एक साता पछिबाट मात्र प्रशिक्षण सुरु गर्ने एन्फाले जनाएको छ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *