युरोकपमा आजबाट क्वाटरफाइनलका खेलहरु हुँदै, कुन कुन टिम भिड्दैछन् ? कसरी हेर्ने लाईभ ?

फुटबल युरो कप

काठमाडौं, असार १८: १६औं संस्करणको युरोकप फुटबलअन्तर्गत क्‍वाटरफाइनलका खेलहरु आजदेखि हुँदै छन् । पहिलो क्वाटरफाइनलमा स्विट्जरल्यान्ड र स्पेन भिड्दा दोस्रोमा बेल्जियम र इटाली प्रतिस्पर्धा गर्ने छन् ।

रुसको सेन्ट पिटर्सबर्ग रङ्गशालामा हुने स्वीट्जरल्यान्ड र स्पेनबीचको खेल नेपाली समयअनुसार राति पौने १० बजेदेखि सुरु हुनेछ । पहिलो क्वाटरफाइनलमा मैदान उत्रदा दुबै टिमको नजर सेमिफाइनलमा पुग्नु हुनेछ। त्यसका लागि स्विट्जरल्यान्ड र स्पेन जित निकाल्न चाहन्छन्।

प्रि–क्वाटरफाइनलमा स्विट्जरल्यान्डले फ्रान्सलाई पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले पराजित गरेको थियो । त्यस्तै तीन पटकको च्याम्पियन स्पेनले क्रोएसियालाई हराएर अन्तिम आठको यात्रा तय गरेको हो । प्रि–क्वाटरफाइनलमा स्पेनले क्रोएसियालाई अतिरिक्त समयमा ५–३ गोल अन्तरले पराजित थियो ।

त्यसैगरी जर्मनीको म्युनिख एरेनामा हुने बेल्जियम र इटालीबीचको खेल राति पौने १ बजेदेखि सुरु हुनेछ । बेल्जियमले पोर्चुगललाई हराएर अन्तिम आठमा स्थान बनाएको थियो भने इटालीले अस्ट्रियालाई पाखा लगाएको थियो ।

कसरी हेर्ने लाईभ ?

युरो कपका सम्पुर्ण खेलहरु नेपालमा डिस होमको याक्सन स्पोट्स एचडीमा नेपाली कमेन्ट्री सहित हेर्न पाईने छ । साथै साउथ एसियामा सोनी नेटवर्क अन्तर्गतका बिभिन्न च्यानल मार्फत पनि लाईभ हेर्न पाईने छ ।

असार १८ गते शुक्रबार

स्विट्जरल्यान्डविरुद्ध स्पेन
समय : राति ९:४५ बजे
ठाउँ : सेन्ट पिटर्सवर्ग

बेल्जियमविरुद्ध इटाली
समय : राति १२:४५ बजे
ठाउँ : म्युनिख

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0