बंगलादेशविरुद्धको श्रृखलामा न्युजिल्याण्डको क्लिन स्विप

क्रिकेट

एजेन्सी, १९ चैत । घरेलु टोली न्युजिल्याण्डले बंगलादेशविरुद्धको तीन खेलको टी–२० क्रिकेट श्रृखला क्लिन स्विप गरेको छ । न्युजिल्याण्डको अकल्याण्डमा बिहीबार भएको तेस्रो तथा अन्तिम खेलमा बंगलादेशलाई ६५ रनले पराजित गर्दै न्युजिल्याण्डले श्रृखला ३–० ले क्लिन स्विप गरेको हो ।

वर्षाको कारण १० ओभरमा झारिएको खेलमा न्युजिल्याण्डले पहिले ब्याटिङ गर्दै ४ विकेट गुमाएर १ सय ४१ रन बनाएको थियो । न्युजिल्याण्डका लागि फिन एलेनले ७१ र मार्टिन गुप्टिलले ४४ रन बनाए । बंगलादेशका ताक्सिन अहमेद,शोरिफुल इस्लाम र मेहदी हसनले १÷१ विकेट लिए ।

जवाफमा १ सय ४२ रनको लक्ष्य पच्छ्याएको बंगलादेश ९ ओभर ३ बलमा अलआउट हुँदै ७६ रनमा समेटियो । बंगलादेशका मोहमद नाइमले १९ रन जोडे । न्युजिल्याण्डका टोड एट्स्लेले ४ तथा टिम साउथीले ३ विकेट लिए ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0