युरोकपको पहिलो क्वाटरफाईनलमा आज स्पेन र स्विट्जरल्यान्ड भिड्दै, कसले जित्ला खेल ?

फुटबल युरो कप

काठमाडौं : युरो कप २०२० अन्तर्गत आज शुक्रबारबाट क्वार्टरफाइनलका खेल सुरु हुँदै छन्। पहिलो क्वार्टरफाइनलमा स्पेनको सामना गर्दा स्विट्जरल्यान्ड प्री क्वार्टरफाइनलमा विश्वविजेता फ्रान्सविरुद्ध गरेको उत्कृष्ट प्रदर्शनको निरन्तरता चाहन्छ। अन्तिम १६ भिडन्तमा फ्रान्सविरुद्ध स्विट्जरल्यान्डले ३–१ को स्थिति उल्ट्याउँदै निर्धारित समयको खेलमा ३–३ को बराबरी गरेको थियो।

त्यस्तै तीन पटकको च्याम्पियन स्पेनले क्रोएसियालाई हराएर अन्तिम आठको यात्रा तय गरेको हो । प्रि–क्वाटरफाइनलमा स्पेनले क्रोएसियालाई अतिरिक्त समयमा ५–३ गोल अन्तरले पराजित थियो ।

स्वीट्जरल्याण्ड पहिलो पटक युरोकपको क्वाटरफाइनलमा खेल्दै छ । यस युरोकपमा स्वीट्जरल्याण्डले पछिल्लो खेलमा फ्रान्सलाई पराजित गरेपछि स्पेनलाई पनि कडा चुनौती दिनसक्ने विश्लेषण भइरहेको छ । युरोकपको प्रमुख दाबेदार मानिएको फ्रान्सलाई घर फर्काएको स्वीट्जरल्याण्डलाई सहज रुपमा लिएमा स्पेनलाई महँगो साबित हुनसक्ने देखिएको छ ।

त्यस्तै यस युरोकपमा शुरुका दुई खेलमा बराबरी खेलेको स्पेनले युरोकपमा पहिलो पटक लगातार दुई खेलमा ५ गोल गर्दै नयाँ किर्तिमान बनाएको छ । यस अघि खेलेका ४२ युरोकपका खेलमा स्पेनले एक खेलमा ४ गोलभन्दा बढी गर्न सकेको थिएन ।

यस युरोकपमा उत्कृष्ट लयमा देखिएपनि स्पेनलाई स्वीट्जरल्याण्डविरुद्धका पछिल्ला खेलको नतिजाले भने झस्काउने देखिन्छ । स्वीट्जरल्याण्डविरुद्ध गतबर्ष खेलेका दुई खेलमा एक खेलमा १-० को जित र पछिल्लो खेल बराबरी खेलेको स्पेनको स्वीट्जरल्याण्डसँग कठिन प्रतिष्पर्धा हुने देखिन्छ । स्विट्जरल्यान्ड र स्पेनबीचको खेल नेपाली समय अनुसार राति ९ः४५ बजे रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा हुनेछ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0