स्पेन भर्सेज स्वीट्जरल्यान्ड ! यस्तो छ यी दुई टिमबिचको ‘हेड टु हेड’

फुटबल युरो कप

काठमाडौं : यूरोपियन च्याम्पियनसिपको १६ औं संस्करणको क्वाटरफाईनलका खेलहरु आजदेखि शुरु हुँदैछ । पहिलो खेलमा स्वीट्जरल्यान्डले स्पेनको सामना गर्दा दोस्रो खेलमा बेल्जियम र इटाली भिड्दै छन् । रुसको सेन्ट पिटर्सबर्ग रङ्गशालामा हुने स्वीट्जरल्यान्ड र स्पेनबीचको खेल नेपाली समयअनुसार राति पौने १० बजेदेखि सुरु हुनेछ ।

फिफा वरियतामा छैटौ स्थानमा रहेको स्पेन र १६औं स्थानमा रहेको स्वीट्जरल्याण्डबीच युरोकपमा यो पहिलो भेट हो । यस अघि ठुला प्रतियोगिता विश्वकपमा तीन पटक खेलेपनि यी दुई टिमले युरोकपमा पहिलो पटक एक अर्काको सामना गर्दै छन् ।

स्विट्जरल्यान्ड र स्पेनबीचले विश्वकपमा भने दुई टिमबीच तीन पटक खेलेका छन्। जसमा स्पेनले दुई जित निकाल्दा एक जित स्विट्जरल्यान्डको पक्षमा गएको छ। दुई टिमबीच अहिलेसम्म २२ खेलमा प्रतिस्पर्धा भएको छ। जसमा स्पेनले १६ खेल जितेको छ। पाँच खेल बराबरीमा सकिँदा एक खेल स्विट्जरल्यान्डले जितेको छ।

पछिल्लो पटक दुवै टिमबीच २०२० को नोभेम्बरमा युइएफए नेसन्स लिग अन्तर्गत खेल भएको थियो । जुन खेल १-१ को बराबरीमा सकिएको थियो । त्यसैगरी जर्मनीको म्युनिख एरेनामा हुने बेल्जियम र इटालीबीचको खेल राति पौने १ बजेदेखि सुरु हुनेछ । बेल्जियमले पोर्चुगललाई हराएर अन्तिम आठमा स्थान बनाएको थियो भने इटालीले अस्ट्रियालाई पाखा लगाएको थियो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
1