युरोकपको हेभिवेट खेलमा बेल्जियम र इटाली भिड्दै, कसले मार्ला बाजी ?

फुटबल युरो कप

काठमाडौं : युरो कपको क्वाटरफाइनलमा आज हुने दोस्रो खेलमा बेल्जियम र इटली आमनेसामने हुनेछन्। जर्मनीको म्युनिखस्थित एलिनाज एरेनामा यी दुई टोली राति पौने १ बजे आमनेसामने हुनेछन्। उपाधि दाबेदारका रुपमा हेरिएका दुबै टिम जित निकाल्दै सेमिफाइनलमा पुग्ने योजनामा हुनेछन्। त्यसैले दुई टिमबीचको खेल रोमान्चक हुने अनुमान गरिएको छ ।

फिफा वरियताको शीर्ष स्थानको बेल्जियमले साविक विजेता पोर्चुगललाई हराएर अन्तिम आठको यात्रा सुरक्षित गरेको हो। प्रि–क्वाटरफाइनलमा बेल्जियमले पोर्चुगललाई १–० गोल अन्तरले पराजित गरेको थियो।

यता, इटाली कीर्तिमानी ३१ खेलमा अपराजित रहँदै क्वार्टरफाइनलमा प्रवेश गरेको छ । समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको पनि अन्तिम १६ मा भने इटालीले अस्ट्रियाको कडा चुनौतीको सामना गर्नुपरेको थियो । अतिरिक्त समयमा २–१ ले विजयी बन्दै टोली क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

सम्भावित ११

इटाली : डोनारुम्मा, डी लोरेन्जो, बोनुची, चिलेनी, स्पिनाजोला, बारेला, जोर्गिन्हो, भेराटी, चिएसा, इमोबाइल, इन्सिग्ने
बेल्जियम : कोर्टवा, एल्डरवियर्ल्ड, भर्मालिन, भेर्टोन्गेन, थोर्गान हजार्ड, विटसल, टेलीमान्स, मुनियर, एडिन हजार्ड/मर्टेन्स, लुकाकु, कारास्को/डी ब्रुयना

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *