बेल्जियम भर्सेज इटाली : ‘हेड टु हेड’मा इटाली अगाडि

फुटबल युरो कप

काठमाडौं : युरोकप फुटबलअन्तर्गत आज हुने दोस्रो क्वाटरफाइनलमा बेल्जियम र इटाली भिड्दैछन। एलिएन्ज एरिना जर्मनीमा हुने खेल नेपाली समयअनुसार राति १२ः४५ बजेबाट सुरु हुनेछ। फिफा वरीयताको शीर्ष स्थानको बेल्जियमले साविक विजेता पोर्चुगललाई हराएर अन्तिम आठको यात्रा सुरक्षित गरेको हो ।

प्रि-क्वाटरफाइनलमा बेल्जियमले पोर्चुगललाई १-० गोल अन्तरले पराजित गरेको थियो। इटालीले क्वाटरफाइनलमा प्रवेश गर्ने क्रममा अष्ट्रियालाई हराएको थियो। प्रि-क्वाटरफाइनलमा इटालीले अष्ट्रियालाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गरेको हो।

यी दुई टिमबीच हालसम्म २२ खेल भएको छ, जसमा इटालीले १४ खेल जितेको छ। चार खेल बेल्जियमले जित्दा ४ खेल बराबरीमा सकिएको छ। मुख्य प्रतियोगितामा दुई टिमबीच पाँचौ पटक प्रतिस्पर्धा हुन लागेको हो । यस अघिको चार भेटमा इटालीले ३ जित निकाल्दा एक खेल बराबरीमा सकिएको छ ।

प्रभाव पार्न सक्ने खेलाडी

बेल्जियमका रोमेलु लुकाकु र इटालीका सिरो इमोबाइल आजको खेलमा प्रभाव पार्न सक्ने खेलाडी हुन्। स्ट्राइकरको रुपमा खेल्ने लुकाकुले प्रतियोगिताको ४ खेलमा ३ गोल गरेका छन्। हाल इन्टर मिलानबाट व्यावसायिक फुटबल खेलिरहेका लुकाकुले राष्ट्रिय टोलीबाट ९७ खेलमा ६३ गोल गरेका छन्। त्यस्तै लाजियोका स्ट्राइकर सिरो इमोबाइलले प्रतियोगिताको ४ खेलमा २ गोल गरेका छन्। उनले देशबाट ४९ खेलमा १५ गोल गरेका छन्।

सम्भावित ११

इटाली : डोनारुम्मा, डी लोरेन्जो, बोनुची, चिलेनी, स्पिनाजोला, बारेला, जोर्गिन्हो, भेराटी, चिएसा, इमोबाइल, इन्सिग्ने
बेल्जियम : कोर्टवा, एल्डरवियर्ल्ड, भर्मालिन, भेर्टोन्गेन, थोर्गान हजार्ड, विटसल, टेलीमान्स, मुनियर, एडिन हजार्ड/मर्टेन्स, लुकाकु, कारास्को/डी ब्रुयना

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0