रियल मड्रिड छोडेका सर्जियो रामोस फ्रेन्च क्लब पिएसजी जाने पक्का

फुटबल

काठमाडौं : केही साताअघि मात्र रियल मड्रिड छोडेका स्पेनिस कप्तान सर्जियो रामोस फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)मा आबद्ध हुने भएका छन् । पिएसजीले औपचारिक रूपमा केही नबताए पनि विभिन्न सञ्चारमाध्यमले क्लब र यी ३५ वर्षीय सेन्टर डिफेन्डरबीच सम्झौता भइसकेको बताएका छन् ।

खेलकुद सम्बन्धि स्पेनिस न्युजपोर्टल डेली मेलले रामासेले पिएसजीसँग २ वर्षको सम्झौता गर्ने सममति गरेको उल्लेख गरेको छ। उसले यो सहमति बिहीबार नै भएको लखेको छ। रामासेले केही दिनमै पिएसजीमा मेडिकल टेस्ट गराउने डेलीमेलले उल्लखे गरेको छ ।

सन् २००५ मा सेभियाबाट रियल मड्रिड आएका रामोसले सिजनको अन्त्यसँगै क्लब छाडेका थिए । १६ वर्ष मड्रिडमा बलिताएका उनले क्लबका लागि ६७१ खेलमा १०१ गोल गर्नुका साथै ४० गोलका लागि अवसर सिर्जना गरेका थिए । उनले ५ पटक ला लिगा र ४ पटक च्याम्पियन्स लिगको उपाधि जिते ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
0
+1
0
+1
0
+1
2
+1
1
Tagged