कोपा अमेरिकाको क्वाटरफाइनलमा भोली बिहान ब्राजिल र चिली, कसले मार्ला बाजी ?

कोपा अमेरिका फुटबल

काठमाडौं । कोपा अमेरिका फुटबलको क्वाटर फाइनलको पहिलो खेलमा पेरु र पाराग्वे खेल्दै छन् । यो खेल नेपाली समय अनुसार शनिबार बिहान पौने ३ बजे हुने छ ।

यस्तै दोस्रो खेलमा शनिबार बिहान पौने ६ बजे ब्राजिल र चिली रियो दि जेनेरियोस्थित ओलम्पिक स्टेडियममा खेल्दै छन् । आयोजक ब्राजिलले समूह चरणमा खेलेका चार मध्ये तीन खेलमा जित निकाल्दा एक खेलमा बराबरी खेलेको थियो।

सुरुवाती तीन खेलमा जित हात पारेको ब्राजिल अन्तिम खेलमा इक्वेइडरसँग बराबरीमा रोकिएको थियो। क्वाटर फाइनलको तेस्रो खेलमा उरुग्वे र कोलम्बिया तथा चौथो खेलमा अर्जेन्टिना र इक्वेडर खेल्ने छन् ।

समूह ‘ए’ बाट अर्जेन्टिना, उरुग्वे, पाराग्वे र चिली तथा समूह ‘बी’ बाट आयोजक ब्राजिलसहित, पेरु, कोलम्बिया र इक्वेडर अन्तिम आठमा पुगेका हुन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *