३१ बर्षको उमेरमै जर्मनका टोनी क्रुसले लिए अन्तराष्ट्रिय फुटबलबाट सन्यास

फुटबल

एजेन्सी। जर्मनीका मिडफिल्डर टोनी क्रुसले शुक्रबार अन्तराष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्। युरो कपबाट आफ्नो टिम बाहिरिएको दुई दिनपछि ३१ वर्षीय क्रुसले यस्तो घोषणा गरेका हुन् । क्रुसले युरो २०२० अन्तर्गत इंग्ल्यान्डविरुद्धको अन्तिम १६ को खेलमा जर्मन टिमबाट खेलेका थिए। सो खेलमा जर्मनी पराजित भएको थियो।

स्पेनिस क्लब रियल मड्रिडका मिडफिल्डर क्रुसले अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा गर्दै क्लब फुटबलमा ध्यान केन्द्रित गर्ने बताए। ‘मैले जर्मनीबाट एक सय ६ पटक खेलेँ । अब अर्काे समय हुनेछैन’, ३१ वर्षीय रियल मड्रिडका खेलाडीले ट्विटरमा लेखेका छन् ।

क्रुस २०१४ मा जर्मनीले विश्वकप जित्दा टोलीका महत्वपुर्ण सदस्य थिए। २०१०मा अर्जेन्टिनाविरुद्धको मैत्रीपुर्ण खेलबाट राष्ट्रिय टोलीमा डेब्यु गरेका क्रुसले जर्मनीका लागि १०६ खेलमा १७गोल गरेका छन्।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
1
+1
1
+1
4
+1
1