आत्मघाती गोल उपहारबाट पहिलो हाफमा स्पेनलाई अग्रता

फुटबल युरो कप

काठमाडौं, असार १८ : १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत जारी क्वाटरफाइनल खेलमा स्वीट्जरल्याण्डविरुद्ध स्पेनले शुरुवाती अग्रता लिएको छ । रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा जारी खेलको पहिलो हाफ सकिँदा स्पेनले १-० गोलको अग्रता बनाएको हाे।

स्पेनले खेलको आठौं मिनेटमा आत्मघाती गोल उपहारबाट अग्रता बनाएको हो । स्विट्जरल्यान्डका डेनिस जाकारियाले आत्मघाती गोल गरे । स्पेनका जोर्डी अल्बाले बक्स बाहिरबाट प्रहार गरेको बल डेनिसलाई लाग्दै गोलमा परिणत भएको थियो ।

आजको खेलमा जित हासिल गर्ने टोली सेमिफाइनलमा पुग्नेछ । स्वीट्जरल्याण्ड साविक उपविजेता फ्रान्सलाई हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0