विश्व नम्बर वान बेल्जियमलाई हराउँदै इटली युरो कपको सेमिफाइनलमा

फुटबल युरो कप

काठमाडौं, असार १९ : फिफा वरीयताको नम्बर वान टिम बेल्जियमलाई पराजित गर्दै इटली युरोकपको सेमिफाइनलमा प्रवेश गरेको छ । जर्मनीको एलिनाज स्टेडियममा शुक्रबार राति भएको क्वाटरफाइनलको दोस्रो खेलमा बेल्जियमलाई २–१ गोल अन्तरले हराउँदै इटालीले सेमिफाइनलमा स्थान बनाएको हो ।

निकै प्रतिस्पर्धात्मक रहेको खेलमा दुबै टिमले उच्च स्तरको प्रदर्शन गरेका थिए । बेल्जियमका तीनजना खेलाडीलाई डिबक्सभित्रै छक्याउँदै निकोलो बरेल्लाले गरेको प्रहारले खेलेको ३१ औं मिनेटमा जाली चुमेको थियो । ४४ औँ मिनेटमा लोरेन्जो इन्सिन्गेले गोल गर्दै इटालीको अग्रता दोब्बर पारे ।

पहिलो हाफको इन्ज्युरी समयमा बल्जियमले पेनाल्टी पायो । बेल्जियमका लागि रोमेलु लुकाकुले गोल फर्काउपनि टिमको हार भने टार्न सकेनन् । डि लोरेन्जोले बेल्जियमका डोकुलाई तानेपछि भिएआरमार्फत पेनाल्टी दिइएको थियो।

अब फाइनल प्रवेशका लागि इटालीले आगामी मंगलबार स्पेनसँग प्रतिस्पर्धा गर्नेछ। यसअघि स्पेनले स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको थियो।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0