टाइब्रेकरमा स्विट्जरल्यान्डलाई हराउँदै स्पेन सेमिफाइनलमा

फुटबल युरो कप

काठमाडौं, असार १९ : शनिबार राति भएको पहिलो क्वाटरफाइनलमा स्विट्जरल्यान्डलाई हराउँदै स्पेन युरोकप २०२० को सेमिफाइनलमा प्रवेश गरेको छ । स्पेन पेनाल्टीमा ३–१ गोल अन्तरले विजयी भएको हो ।

निर्धारित ९० मिनेट र ३० मिनेटको अतिरिक्त समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको हो। पेनाल्टीमा स्पेनका डेनी ओल्मो, ग्रान्ड मोरेनो र मिकेल ओल्जाबर्गले गोल गर्दा सर्जियो बुस्केटले गोल गर्न चुकेका थिए । पेनाल्टीमा स्विस टाेलीका मारियो गाभ्रानोभिचले मात्र गोल गरे। फाबियन, अकान्जी म्यानुएलको प्रहार सिमोनले बचाए भने रुबेन भेर्गासको प्रहार बाहिरिएको थियो।

यसअघि निर्धारित समयमा सेन्ट पिटर्सबर्ग स्टेडियममा भएको खेलमा स्पेनले खेलको आठौँ मिनेटमा स्पेनले अग्रता लियो। स्विट्जरल्यान्डका जाकारियाले आफ्नो पोस्टमा गोल गर्दा स्पेनलाई फाइदा पुगेको थियो। यता स्विजरल्यान्डका लागि सेर्डान साकिरीले ६८ औँ मिनेटमा गोल गर्दै टिमलाई बराबरी गोल गरेका हुन् । खेलकाे ७७ औँ मिनेटमा रेमाे फ्रेउलरले राताे कार्ड पाएपछि स्विट्जरल्यान्ड १० खेलाडीमा सीमित भएकाे थियाे ।

एक खेलाडी कम भएपनि स्वीटजरल्याण्डले पूर्व यूरोकप विजेता स्पेनलाई पेनाल्टी सुटआउटसम्म तानेको थियो । अन्तिम १६ मा विश्वकप विजेता फ्रान्सलाई पेनाल्टीसुटआउटमा पराजित गरेको स्वीट्जरल्याण्ड यस पटक भने सफल हुन सकेन ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0