कोपा अमेरिका : १० खेलाडीमा सीमित ब्राजिलको सानदार जित

कोपा अमेरिका फुटबल

काठमाडौं, असार १९ : चिलीलाई हराउँदै घरेलु टोलि ब्राजिल कोपा अमेरिका फुटबलको सेमिफाईनलमा प्रवेश गरेको छ। शनिबार बिहान सम्पन्न खेलमा आयोजक ब्रजिलले चिलीमाथि १–० गोल अन्तरको जित निकाल्दै सेमिफाईनलमा स्थान सुरक्षित गरेको हो ।

निकै रोमान्चक उक्त खेलको पहिलो हाफभरी दुवै टिमबाट कुनै गोल हुन सकेन । दोस्रो हाफ सुरू भए लगत्तै ब्राजिलले खेलमा अग्रता लियो। ब्राजिलका लागि ४६ मिनेटमा लुकास पाक्युटाले गोल गरे। उनी गोल गर्नुअघि रोबर्टो फिर्मिनोको स्थानमा मैदान छिरेको थियो। दुवै टिमले थप गोल गर्न नसकेपछि उक्त गोल नै निर्णायक बन्न पुग्यो।

खेलको ५० औं मिनेटमा ग्याब्रियल जिसस रातो कार्ड खाँएपछि मैदान बाहिर गएका थिए । चिलीका डिफेन्डर मेनालाई जेससको प्रहारले मुख लागेपछि रेफ्रीले सिधा रातो कार्ड देखाएका थिए। ब्राजिल १० खेलाडीमा सिमित भएपनि चिलीले गोल गर्न सकेन । जितसँगै ब्राजिल सेमिफाइनलमा प्रबेश गरेको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
2
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *