युरोकपमा आज राति ९:४५ बजे डेनमार्क र चेक रिपब्लिक प्रतिस्पर्धा गर्दै, कसले जित्ला खेल ?

फुटबल युरो कप

काठमाडौं, असार १९ : युरो २०२० अन्तर्गत तेस्रो क्वाटरफाइनलमा शनिबार (आज) दुई अन्डरडग टिम डेनमार्क र चेक गणतन्त्र प्रतिस्पर्धा गर्दै छन् । चेक रिपब्लिक र डेनमार्कबीचको खेल अजरबैजानको बाकु ओलम्पिक स्टेडियममा हुनेछ । खेल नेपाली समय अनुसार राति ९ : ४५ बजे सुरु हुनेछ ।

चेक रिपब्लिक र डेनमार्क दुबै टिम जित निकाल्दै अन्तिम चारको यात्रा तय गर्ने लक्ष्यमा हुने छन् । दुबै टिमले पछिल्ला खेलमा सशक्त प्रदर्शन गर्दै आईरहेका छन् । समूह चरणमा समूह ‘बी’ को उपविजेता बनेको डेनमार्कले अन्तिम १६ मा वेल्सलाई हराएको थियो।

त्यस्तै समूह ‘डी’ को तेस्रो स्थानमा रहेर अन्तिम १६ मा प्रवेश गरेको चेक रिपब्लिकले अघिल्लो चरणमा उपाधि दाबेदार मानिएको नेदरल्याण्ड्सलाई २-० ले हराएको थियो। हालसम्म डेनमार्क र चेक गणतन्त्रले ११ खेलमा एक अर्काको प्रतिस्पर्धा गरेका छन् । जसमा डेनमार्कले २, चेक गणतन्त्रले ३ खेल आफ्नो पक्षमा पार्दा ६ खेल बराबरीमा सकिएको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0