डेनमार्क भर्सेज चेक रिपब्लिक ! यी हुन् आज चम्किन सक्ने खेलाडीहरु

फुटबल युरो कप

काठमाडौं, असार १९ : युरोपमा फुटबलमा आज चेक रिपब्लिक र डेनमार्कबीचको खेल अजरबैजानको बाकु ओलम्पिक स्टेडियममा हुनेछ । खेल नेपाली समय अनुसार राति ९:४५ बजे हुनेछ ।

आजको खेलमा दुबै टोली जित निकाल्ने योजनामा रहेका छन् । चेक रिपब्लिक र डेनमार्क दुबै टिम जित निकाल्दै अन्तिम चारको यात्रा तय गर्ने लक्ष्यमा हुने छन् ।

चेक रिपब्लिक अन्तिम १६ मा नेदरयान्ड्सलाई हराउँदै क्वाटरफाइनलमा पुगेको हो । डेनमार्कले भने प्रि–क्वाटरफाइनलमा वेल्सलाई फराकिलो अन्तरले हराएको थियो ।

आज चम्किन सक्ने खेलाडीहरु

कास्पर डोलबर्ग (डेनमार्क)

चेक गणतन्त्रविरुद्ध मैदान उत्रिँदा सबैको नजर युवा फरवार्ड कास्पर डोलबर्गमा हुने छ । २३ वर्षीय कास्परले टिमका लागि २ खेल खेल्दा २ गोल नै गरेका छन् । कास्पर चेक गणतन्त्रका लागि टाउको दुखाइको विषय बन्न सक्छन् ।

प्याट्रिक सिक (चेक गणतन्त्र)

सिक चेक गणतन्त्रको आक्रमणका मुख्य हतियार हुन् । उनी ४ खेलबाट ४ गोल गर्दै युरो कपमा गोल्डेन बुटको दौडमा छन् ।

पोचुर्गलका क्रिस्टियानो रोनाल्डो भन्दा मात्र १ गोलले पछि रहेका सिकलाई डेनर्माकविरुद्ध गोल गर्दै बराबरी गर्ने अवसर पनि छ । २५ वर्षीय सिक डेनमार्कका लागि घातक बन्न सक्छन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
1
+1
0
+1
3
+1
1