डेनमार्क भर्सेज चेक रिपब्लिक ! ‘हेड टु हेड’मा चेक रिपब्लिक अगाडि

फुटबल युरो कप

काठमाडौं, असार १९ : युरोपमा जारी १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत आज राति क्वाटरफाइनलको दुई खेलहरु हुँदैछन् । युरोकप अन्तर्गत शनिबार क्वाटरफाइनलको अन्तिम दुई खेलहरु हुनेछन् । पहिलो खेलमा चेक रिपब्लिक र डेनमार्क भिड्दा दोस्रो खेलमा युक्रेन र इंग्ल्यान्ड प्रतिस्पर्धा गर्ने छन् ।

समूह चरणमा समूह ‘बी’ को उपविजेता बनेको डेनमार्कले अन्तिम १६ मा वेल्सलाई हराएको थियो। त्यस्तै समूह ‘डी’ को तेस्रो स्थानमा रहेर अन्तिम १६ मा प्रवेश गरेको चेक रिपब्लिकले अघिल्लो चरणमा उपाधि दाबेदार मानिएको नेदरल्याण्ड्सलाई २-० ले हराएको थियो।

हेड टु हेड

डेनमार्क र चेक रिपब्लिकबीच ११ पटक आमनेसामने भएको छ । चेक रिपब्लिकले डेनमार्कलाई ६ खेलमा हराएको छ । डेनमार्कले केवल तीन खेलमा मात्र चेक रिपब्लिकलाई पाखा लगाएको छ । यी दुईबीच ६ खेल ड्रका रूपमा निस्किएको छ । यी दुई टोलीबीच अन्तिमपटक १६ नोभेम्बर २०१६ मा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा भएको थियो ।

जसमा दुवै टोलीले १–१ को बराबरी नतिजा निकाले । विश्वकपअन्तर्गत युरोपियन छनोटमा चारपटक भिडन्त भएको छ । जसमा दुवै टोलीले समान एक जित, हार र दुई बराबरी नतिजा आत्मसात् गरेका छन् ।

यी दुईले पहिलो पटक सन् १९९८ मा एक अर्काको सामना गरेका थिए । यो मैत्रीपूर्ण खेलमा चेक गणतन्त्र १-० ले विजयी भयो । मैत्रीपूर्ण खेल अन्तर्गत सन् २०१६ मा भएको पछिल्लो भेटमा दुवै टोलीले १-१ गोल गरेका थिए । यी दुईबीच युरो कपमा भएका दुवै भेटमा नतिजा चेक गणतन्त्रले आफ्नो पक्षमा पारेको छ ।

उसले डेनमार्कमाथि सन् २००० को युरोमा २-० र २००४ को युरोमा ३-० को जित दर्ता गरेको थियो । चेक आज पनि डेनमार्क विरुद्धको इतिहासलाई दोहोर्याउँदै सेमिफाइनल प्रवेश गर्ने प्रयासमा हुनेछ ।

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *