युरोकपको हेभिवेट खेलमा राति १२ः४५ बजे इंग्ल्यान्ड र युक्रेन भिड्दै, कसले मार्ला बाजी ?

फुटबल युरो कप

काठमाडौं, असार १९ : १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत आज (शनिबार) राति इंग्ल्यान्ड र युक्रेनबीच प्रतिस्पर्धा हुँदैछ। इटालीको रोमामा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति १२ः४५ बजे सुरु हुनेछ । स्टाडियो ओलम्पिकोमा हुने खेलमा दुबै टोलीको लक्ष्य जित हो ।

इंग्ल्यान्ड उपाधि दाबेदार जर्मनीलाई पराजित गर्दै क्वाटरफाइनलमा पुगेको हो । युक्रेनले भने स्वीडेनलाई पराजित गर्दै इंग्ल्यान्डसँगको भेट पक्का गरेको हो । उपाधिकै दाबेदारका रूपमा हेरिएको इंग्ल्यान्डलाई गेराथ साउथगेटले प्रशिक्षण दिइरहेका छन् । साउथगेट प्रशिक्षकका रूपमा आएपछि इंग्ल्यान्डको भाग्य नै परिवर्तन भएको छ सन् २०१८ को विश्वकपको सेमिफाइनलमा पुग्नु यसको उदाहरण हो ।

अन्तर्राष्ट्रिय फुटबल खेलमा त्यति धेरै लामो इतिहास नभए पनि युक्रेनले युरोकप तथा विश्वकपमा आफ्नो प्रदर्शन सधैँ दमदार बनाएको छ । यस कारण पनि युक्रेनले सेमिफाइनल प्रवेशका लागि इंग्ल्यान्डलाई कडा चुनौती दिने सम्भावना छ ।

यृुरो कपमा आजै राति पौने १० बजे डेनमार्क र चेक रिपब्लिकबीच खेल हुँदैछ । यी दुईबीचको विजेताले इंग्ल्याण्ड र युक्रेनबीचको विजेतासँग फाइनल प्रवेशका लागि खेल्नेछ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0