युक्रेन भर्सेज इङ्ल्यान्ड : ‘हेड टु हेड’मा इंग्ल्यान्ड सधैं अगाडि

फुटबल युरो कप

काठमाडौं, असार १९ : १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत आज हुने दोस्रो खेलमा युक्रेन र इङ्ल्यान्ड प्रतिस्पर्धा गर्ने छन् । इङ्ल्यान्ड प्रतियोगिताको उपाधि दावेदार टोली हो । इटालीको रोमामा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति १२ः४५ बजे सुरु हुनेछ । स्टाडियो ओलम्पिकोमा हुने खेलमा दुबै टोलीको लक्ष्य जित हो ।

समूह ‘सी’ को तेस्रो स्थानमा रहँदै अन्तिम १६ मा स्थान बनाएको युक्रेनले अर्को चरणमा स्वीडेनलाई हराएको थियो भने समूह ‘डी’ को विजेता इङ्ग्ल्याण्डले अन्तिम १६ मा जर्मनीलाई हराएको थियो।

हेड टु हेड

युक्रेन र इंग्ल्यान्डबीच अहिलेसम्म मैत्रीपूर्ण र मेजर अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा गरी सातपटक प्रतिस्पर्धा भएको छ । जसमा इंग्ल्यान्डले युक्रेनलाई चारपटक हराउँदा युक्रेनले एकपटक बाजी मारेको छ । युक्रेनले इंग्ल्यान्डलाई दुईपटक बराबरीमा रोक्न सफल भएको छ । सन् २०१२, ११ सेप्टेम्बरमा फिफा विश्वकपको छनोट खेलमा १–१ को बराबरी रोकेको थियो । ११ सेप्टेम्बर २०१३ मै विश्वकप छनोटमै युक्रेनले इंग्ल्यान्डलाई गोलरहितमा रोक्यो ।

यसैगरी युक्रेनले इंग्ल्यान्डलाई इतिहासमै एकपटक मात्र हराएको रेकर्ड छ । सन् २०१० को विश्वकप छनोटमा युक्रेनसँग इंग्ल्यान्ड १–० ले स्तब्ध भएको थियो । त्यसवेला युक्रेनको जितमा जारेन्कोले एक मात्र विजयी गोल गरेका थिए । यी दुई टोलीबीच पहिलोपटक सन् २००० मा मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा भएको थियो ।

आजको खेलसँगै युरोकपमा सेमिफाइनल पुग्ने टोलीको टुंगो लाग्नेछ । यसअघि स्पेन र इटाली सेमिफाइनल पुगिसकेका छन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *