‘ए’ डिभिजन लिगका लागि एनआरटीले भित्र्यायो दुई अफ्रिकी खेलाडी

फुटबल

काठमाडौं, असार १९ : न्युरोड टिम एनआरटीले सहिद स्मारक लिग ए डिभिजनको लागि दुई जना विदेशी खेलाडीलाई अनुबन्धित गरेको छ। चार पटकको च्याम्पियन एनआरटीले शनिबार पत्रकार सम्मेलन गर्दै मोसुके ओलुमो र स्टेफेन समिरलाई अनुबन्धित गरिएको जनाएको छ ।

मिडफिल्डर मेसुके र फरवार्ड स्टेफेनले नेपाल सुपर लिग (एनएसएल) काठमाडौं रेजर्स एफसीबाट खेलेका थिए । काठमाडौंलाई उपाधि दिलाउन दुवैले उत्कृष्ट प्रदर्शन गरेका थिए । मोसुके एनएसएलको सर्वाधिक गोलकर्ता बनेका थिए । एनआरटीका प्रशिक्षक राजुकाजी शाक्यले सुपर लिगमा राम्रो खेलेका यी खेलाडीबाट ए डिभिजनमा पनि राम्रो प्रदर्शनको आशा रहेको बताए।

पत्रकार सम्मेलनमा एन्फका अध्यक्ष कर्माछिरिङ शेर्पाले शहीद स्मारक ’ए’ डिभिजन लिग रौनक सुरु भएको बताए । ए डिभिजन लिगमा तीन विभागीय टोली सहित १४ क्लबले प्रतिस्पर्धा गर्दैछन्। लिगमा बी डिभिजन लिगबाट बढुवा भएको सातदोबाटो युथ क्लबले ए डिभिजन लिगमा प्रतिस्पर्धा गर्नेछ भने लिगको पुछारमा रहेर लिग टुङ्गाएको सरस्वती यो सिजन हुनेछैन।

 

 

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
1
+1
0
+1
0
+1
1
+1
0