सन्दीप लामिछाने लंका प्रिमियर लिगको ड्राफ्टमा

क्रिकेट

काठमाडौं, असार १९ : नेपाली लेग स्पिनर सन्दीप लामिछाने दोस्रो संस्करणको लंका प्रिमियर लिग (एलपीएल) को ड्राफ्टमा परेका छन् । बोर्डले यस सिजनका लागि ड्राफ्टमा परेका खेलाडीको नाम सार्वजनिक गर्दै सन्दीपको नाम पनि समावेश भएको जनाएको छ।

गत वर्ष उनी ड्राफ्टमा परेपनि छनोट हुन सकेका थिएनन् । आयोजक श्रीलंका क्रिकेटले यस सिजनका लागि ड्राफ्टमा परेका खेलाडीको नाम सार्वजनिक गर्दै सन्दीपको नाम पनि समावेश भएको जनाएको छ ।

सन्दीपसँगै भारतीय पूर्वअलराउन्डर युसुफ पठान र इरफान पठान दाजुभाइले पनि आफ्नो नाम दर्ता गराएका छन्। यस्तै, वेस्ट इन्डिजका विकेटकिपर ब्याट्सम्यान निकोलस पुरन, शेर्फान रदरफोर्ड, अमेरिका तीव्र गतिका बलर अली खान, बंगलादेशका तमिम इकवाल, अष्ट्रेलिया बेन कटिङ लगायतका खेलाडी ड्राफ्टमा छन्।

गत सिजन नेपालबाट सन्दीप र सुनम गौतमले ड्राफ्टमा नाम दिएका थिए । तर, दुवैलाई कुनै टोलीले टिममा अनुबन्ध गरेका थिएनन् । नेपालबाट सन्दिपसहित ड्राफ्टमा दक्षिण अफ्रिका, वेष्ट इण्डिज र अफगानिस्तानका ९-९ खेलाडीले नाम दताए गराएका छन् ।

 

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *