युक्रेनमाथि गोलको बर्षा गर्दै इङ्ल्याण्ड २५ बर्षपछि युरोकपको सेमिफाईनलमा

फुटबल युरो कप

काठमाडौं, असार २० : युक्रेनविरुद्ध सहज जित निकाल्दै इंग्ल्याण्ड युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार विहान सम्पन्न अन्तिम क्वार्टरफाइनल खेलमा युक्रेनलाई ४-० गोलले पराजित गर्दै इंग्ल्यान्ड २५ वर्षपछि युरो कपको सेमिफाइनलमा प्रवेश गरेको हो।

खेलको चौथो मिनेटमै कप्तान ह्यारी केनले इङल्यान्डलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १-० ले अघि रहेको इंग्ल्यान्डले दोस्रो हाफ सुरु भए लगत्तै अग्रता दोब्बर पार्‍यो। लुक शाको फ्रिकिङमा ह्यारी माग्युरले शक्तिशाली हेडमार्फत बललाई जाली चुमाए।

त्यसको चार मिनेटपछि नै शाहकै क्रसमा केनले अर्काे हेडिङ गोल गरे । खेलमा उनको यो व्यक्तिगत दोस्रो र टोलीको तेस्रो गोल रह्यो । त्यसपछि खेलको ६३औं मिनेटमा जोर्डन हेन्डर्सनले राष्ट्रिय टोलीबाट ६२औं खेल खेल्दा पहिलो गोल गरेपछि इंग्ल्याण्डको जित ४–० ले निश्चित भएको हो । मासन माउण्टको क्रसमा उनले पनि हेडिङ गोल गरेका थिए ।

यससँगै इङ्ल्यान्ड २५ वर्षपछि युरोकपको सेमिफाइनलमा प्रवेश गरेको छ । यसअघि १९९६ मा सेमिफाइनलमा जर्मनीले इङल्यान्डलाई हराएको थियो । अब इङ्ल्यान्डले सेमिफाइनलमा डेनमार्कसँग प्रतिस्पर्धा गर्नेछ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *