मेसीको उत्कृष्ट प्रदर्शनमा इक्वेडरबिरुद्ध जित निकाल्दै अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाईनलमा

कोपा अमेरिका फुटबल

काठमाडौं, असार २० : इक्वेडरलाई पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा पुगेको छ । आइतबार बिहान सम्पन्न खेलमा इक्वेडरलाई ३–० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिमा अन्तिम चारमा पुगेको हो।

अर्जेन्टिनालाई सहज जित दिलाउन कप्तान लियोनेल मेस्सीले उत्कृष्ट प्रर्दशन गरे । उनले एक गोल गरे भने दुई गोलका लागि पास मिलाइदिए । त्यस्तै अर्जेन्टिनामो लागि लाउटारो मार्टिनेज र रोड्रीगो डेले एक/एक गोल गरे ।

खेलको ४० मिनेटमा डे पलले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए। मेसीले उपलब्ध गराएको पासमा उनले बललाई गोल पोस्टको दिशा दिए। अर्जेन्टिनाको सिनियर टोलीका लागि डे पलको यो पहिलो गोल हो । खेलेको ८४ औँ मिनेटमा मार्टिनेजले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर बनाए । उनले कप्तान मेस्सीकै पासमा गोल गरेका थिए।

९३ औं मिनेटमा कप्तान मेस्सीले फ्रिकिकमा गोल गर्दै अर्जेन्टिनाको अन्तिम चारको यात्रा पक्का गरे । खेलमा एक गोल तथा दुई गोलका लागि असिस्ट गर्ने अर्जेन्टिनाका कप्तान लियोनल मेसि ‘म्यान अफ द म्याच’ घोषित भए । जितसँगै अर्जेन्टिना सेमिफाइनल पुग्ने अन्तिम टोली बनेको छ । अर्जेन्टिनाले अब सेमिफाइनलमा कोलम्बियासँग प्रतिस्पर्धा गर्नेछ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tagged