कोपा अमेरिका : उरुग्वेलाई हराउँदै कोलम्बिया सेमिफाइनलमा

कोपा अमेरिका फुटबल

काठमाडौं, असार २० : उरुग्वेलाई हराउँदै कोलम्बिया जारी कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। आइतबार बिहान भएको क्वाटरफाइनलको खेलमा टाइब्रेकरमा उरुग्वेलाई ४-२ गोल अन्तरले हराएउँदै कोलम्बिया अन्तिम चारमा पुगेको हो। उरुग्वे भने प्रतियोगिताबाट बाहिरिएको छ ।

निकै प्रतिस्पर्धात्मक निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा गएको थियो । पेनाल्टीमा उरुग्वेका इडेन्सन काभानी र लुईस स्वारेजले गोल गरे । जोसे जिमिनेज र मार्टिया भिना गोल गर्न असफल रहे ।

कोलम्बियाका डेविड ओस्पिनाले दुई महत्वपुर्ण पेनाल्टी प्रहार रोक्दै उरुग्वेलाई हराउन सफल भयो । कोलम्बियाका लागि मिग्युल बोराज, यरी मिना, डिभिन्सन, डुभान जापाटले गोल गरे । कोलोम्बियाले अब फाइनल प्रवेशका लागि अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ। यस अघि नै ब्राजिल र पेरु सेमिफाइनलमा पुगिसकेका छन्।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0