साफ च्याम्पियनसिप र एएफसी कप छनोटको लागि नेपाली टिमको प्रशिक्षण सुरु ( हेर्नुस् फोटो फिचर )

फुटबल

काठमाडौं : साफ च्याम्पियनसिप र एएफसी कपको छनोटको तयारीका लागि नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको प्रारम्भिक बन्द प्रशिक्षण सुरु भएको छ।

राष्ट्रिय टोलीका केही खेलाडी र अफिसियलमा कोरोना संक्रमण देखिएपछि गत ‘जुलाई १’ तारीखबाट शुरू हुने भनिएको बन्द प्रशिक्षण एक साता पछाडि धकेलिएको थियो। तर, पुन: दाेस्राे परीक्षण गराउँदा सबैकाे रिपाेर्ट नेगेटिभ आएसँगै एन्फाले आइतबारबाट बन्द प्रशिक्षण सुरु गरेकाे हाे।

प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले दुई साता अघि नै विश्वकप तथा एसियन कप छनोटको दोस्रो चरणमा बोलाइएका ३२ खेलाडीमा केहि खेलाडी थप्दै टोली घोषणा गरेका थिए ।

साफ च्याम्पियनसिप १४ देखि २५ सेप्टेम्बरसम्म बंगलादेशमा हुने कार्यक्रम रहेको छ । प्रतियोगिताको अन्तिम मिति र खेल तालिका केहि दिनमा नै सार्वजनिक हुने बुझिएको छ ।

बन्द प्रशिक्षणको लागि बोलाइएका खेलाडी

किरण चेम्जोङ, अर्पण कार्की, विकेश कुथु, विशाल श्रेष्ठ, विशाल सुनार, दीप कार्की, आशिष लामा, अभिषेक रिजाल. अमित तामाङ, अन्जन विष्ट, अनन्त तामाङ, एरिक विष्ट, आयुष घलान, भरत खवास, विवेक बस्नेत, विशाल राइ, दर्शन गुरुङ, दीनेश राजवंशी, डोना थापा, गौरव बुढाथोकी, गौतम श्रेष्ठ, जर्जप्रिन्स कार्की, कमल थापा, मनिष डाँगी, मिक्छेन तामाङ, नवयुग श्रेष्ठ, निरज बस्नेत, निशान खड्का, नितिन थापा, प्रकाश बुढाथोकी, प्रेजेन तामाङ, पुजन उपरकोटी, राजन गुरुङ, रजिन धिमाल, राजीव लोप्चन, रन्दीप पौडेल, रवी पासवान, रोहित चन्द, सन्जोग राई, सन्तोष तामाङ, सेसेहाङ आङदेम्बे, शिशिर लेखी, सुदिल राइ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरज जिउ ठकुरी, तेज तामाङ, त्रिदेव गुरुङ

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
1
+1
0
+1
3
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *