कोपा अमेरिका : गोल्डेन बुटको दौडमा मेसी अगाडी, कस्को कति गोल ?

कोपा अमेरिका फुटबल

काठमाडौं : अर्जेन्टिनी कप्तान लियोनलले ब्राजिलमा जारी कोपा अमेरिका फुटबलको गोल्डेन बुटको दौडमा आफुलाई अगाडी राखेका छन् । शनिबार भएको क्वाटरफाइनलमा मेस्सीले फ्रिकिकमा गोल गर्दै मेस्सीले प्रतियोगितामा गोल संख्या ४ पुर्याए । उनले ४ गोलका लागि असिस्ट समेत गरेका छन् ।

त्यस्तै यस सूचीमा अन्य ५ खेलाडीहरु २-२ गोल गरेर मेसीलाई पछ्याइरहेका छन् । गोल्डेन बुटको होडमा ब्राजिलका नेयमार पनि रहेका छन् । उनले ४ खेलमा २ गोल गरिसकेका छन् । उनले दुई असिस्ट गरेका छन् ।

यस्तै पेरुका जियानलुका लापाडुलाले पनि ५ खेलमा २ गोल गरेका छन् । अर्जेन्टिनाकै पापु गोमेज, लाउटरो मार्टिनेज र पेरुका आन्द्रे कारिलोले पनि २/२ गोल गरेका छन् ।

कोपा अमेरिकाका अहिलेसम्म खेलिएका २३ खेलमा कुल ५३ गोल भएका छन् । जसमा हरेक खेलमा औसतमा २.३ गोल भएका छन् । त्यस्तै जारी कोपामा अहिलेसम्म चार खेलाडीले आत्मघाती गोल गरेका छन् ।

 

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
5
+1
2
+1
1
+1
0
+1
2
+1
0
Tagged