रोमाञ्चक बन्यो गोल्डेन बुटको दौड ! रोनाल्डो सबैभन्दा अगाडि, कसले जित्ला त ?

फुटबल युरो कप

काठमाडौं : जारी युरोकप २०२० मा पोर्चुगल अन्तिम १६ बाटै बाहिरिए पनि रोनाल्डो पाँच गोल र एक असिस्टको सहयोगमा गोल्डेन बुटको दाबेदारीमा अग्रपंक्तिमा छन् । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो र चेक रिपब्लिकका फरवार्ड प्याट्रिक सिकले समान ५–५ गोल गरेका छन् । दुवै खेलाडीले प्रतियोगितामा अन्तिम खेल खेलिसकेका छन् । उनीहरूको टिम बाहिरिसकेको छ । हालसम्म प्रतिखेल औसत २.८१ गोल भएको छ ।

उनीहरुलाई इंग्ल्यान्डका कप्तान ह्यारी केन र रहिम स्टर्लिङ तथा डेनमार्कका कास्पर डोलबर्गले चुनौती दिइरहेका छन् । यद्यपि, यी तीनै जना खेलाडीले ३/३ गोल गरेका छन् । तर, उनीहरूको सेमिफाइनल खेल खेल्न बाँकी छ । यस्तै डेनमार्ककै जोकिम माहेल र युसुफ पाउल्सेनले २/२ गोल गरेका छन् ।

प्रतियोगितामा अर्को सेमिफाइनल खेल्ने इटाली ४ र स्पेनका ३ खेलाडीले २–२ गोल गरेका छन् । इटालीबाट चिरो इम्मोबिले, लोरेन्जो इन्सिगने, म्यानुएल लोकाटेली र म्याटियो पेसिना तथा स्पेनका अल्भारो मोराटा, पाब्लो सराबिया र फेरान टोरेसले २–२ गोल गरेका छन् ।

समान गोल गरेको अवस्थामा असिस्ट संख्याले सर्वाधिक गोलकर्ताको छिनोफानो हुनेछ । यसमा रोनाल्डोले एक असिस्ट दिँदा सिकको नाममा कुनै असिस्ट छैन । त्यसैले रोनाल्डो नै अहिलेसम्मको दौडमा अघि छन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0