मोटो रकममा मनाङका कप्तान कमल श्रेष्ठ च्यासलमा अनुबन्ध

फुटबल

काठमाडौं । मनाङ मर्स्याङ्दीका कप्तान कमल श्रेष्ठ नयाँ सिजनको ए डिभिजन लिगका लागि महँगो रकममा च्यासल युथ क्लबमा अनुबन्ध भएका छन् । आगामी असोजमा शुरु हुने तयारीमा रहेको नयाँ सिजनको ए डिभिजन लिगका लागि उनी च्यासलमा महँगो रकममा अनुबन्ध भएका हुन्।

कमललाई मासिक १ लाख २५ हजार रुपैयाँ पारिश्रमिकमा च्यासलले अनुबन्धन गरेको हो। पहिलो चरणमा कमलले क्लबसँग ८ महिनाका लागि सम्झौता गरेको छन्। कमलले मनाङबाट ५ वर्ष खेलेका थिए।

सम्झौतापछि कमलले च्यासलको योजना राम्रो लागेको आफू क्लबमा आबद्ध भएको बताएका छन्। ‘च्यासलसँग २–३ वर्षदेखि कुरा भइरहेको थियो । यो पटक उहाँहरुको योजना पनि राम्रो लाग्यो । म मनाङको कप्तानी गरिसकेको भएर मैले प्रस्ताव गरे अनुसार नै उहाँहरुले मान्नुभयो त्यसैले च्यासलमा गएको हुँ,’ कमलले भने ।

राष्ट्रिय फुटबल टोलीका सदस्य समेत रहेका कमलले ब्वाइज युनियन क्लबबाट ए डिभिजन लिग खेल्न खेल्न सुरु गरेका थिए।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
1
+1
1
+1
1