प्याट्रिक भिएरा क्रिष्टल प्यालेसको प्रशिक्षक

फुटबल

काठमाडौं । फ्रान्सका प्याट्रिक भिएरा इंग्लीश प्रिमियर क्लब क्रिष्टल प्यालेसको प्रशिक्षकका रुपमा नियुक्त भएका छन् । पूर्व आर्सनल कप्तान भिएरा ले रोय हडसनलाई प्रतिस्थापन गरेका हुन् । चार वर्ष प्यालेसको प्रशिक्षक रहेका हडसनले गत सिजनको अन्त्यमा जिम्मेवारी त्यागेका थिए ।

लामो प्रक्रियापछि प्यालेसले ४५ वर्षिय भिएरालाई तिन वर्षको लागि प्रशिक्षकको जिम्मेवारी सुम्पिएको हो । फ्रेन्च राष्ट्रिय टोलीका पुर्व कप्तान भिएरा खेलाडीको रुपमा अत्यन्तै सफल थिए । भिएराले सन् १९९६ देखि २००५ सम्म प्रिमियर क्लब आर्सनलबाट व्यावसायिक फुटबल खेल्दै ७ वटा मेजर उपाधि जितेका थिए ।

भिएरा गत डिसेम्बरसम्म फ्रान्सेली क्लब निससँग आबद्ध थिए । उनी आफ्नो अन्तिम सिजन बर्खास्तीमा परे । पहिलो सिजन निसलाई लिग वानमा सातौँ बनाएका भिएराले दोस्रो सिजन शीर्ष पाँच भित्र डोर्‍याए । तर तेस्रो सिजन भने भिएराका लागि खराब रह्यो । उनी १६ लिग खेलपछि बर्खास्तीमा परे ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0