साढे ३४ लाखसहित युरोकपमा सट्टेबाजी खेल खेलाउने ८ जना पक्राउ

अन्य खेल फुटबल

काठमाडौं, असार १७ : युरोकप र कोपा अमेरिका फुटबल खेलमा सट्टेबाजी खेल खेलाएको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। अपराध महाशाखाले उपत्यकाका विभिन्न ठाउँबाट आठ जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो। उनीहरूको साथबाट प्रहरीले ३४ लाख ६५ हजार ५०५ रूपैयाँ र ९ वटा मोबाइल बरामद गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–४, सुकेधाराका राजेन्द्र श्रेष्ठ प्रधान (५७), काठमाडौं महानगरपालिका–१९, ढोकाटोलका जीवन लामा (४७), पर्सा वीरगञ्ज महानगरपालिका–७ घर भई कुलेश्वर बस्ने सुरज टिवडेवाल (४६), भारत विहार पूर्वीचम्पारण जिल्ला रक्सौल घर भई कुलेश्वर बस्ने अशोककुमार गुप्ता (४६) रहेका छन् ।

त्यस्तै चितवन खैरहनी नगरपालिका–५, टरौली घर भई धापासी बस्ने गोविन्दप्रसाद आचार्य (४५), भारत हरियाणा विवरनी घर भई इन्द्रचोक बस्ने राजेशकुमार अग्रवाल (४९), भारत राजस्थान झुनझुन सुरजगढ घर भई क्षेत्रपाटी बस्ने सूचित डालमिया अग्रवाल (३३) र मोरङ विराटनगर नगरपालिका–७ घर भई मरुटोल बस्ने अमरनाथ गुप्ता (४६) रहेको प्रहरीले जनाएको छ ।

हाल सञ्चालन भइरहेको युरोकपसँगै कोपा अमेरिका फुटबलमा खेलमा अनलाइनमार्फत् उनीहरुले सट्टेबाजी खेलाएको महाशाखाले जनाएको छ।

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
3
+1
0