कोपा अमेरिकाको पहिलो सेमिफाईनलमा ब्राजिल र पेरु भिड्दै, कसले जित्ला खेल ?

कोपा अमेरिका फुटबल

काठमाडौं : ब्राजिलमा जारी कोपा अमेरिका फुटबल अन्तर्गत पहिलो सेमिफाइनलमा मंगलबार बिहान आयोजक ब्राजिल र पेरूबीच खेल हुँदैछ। यो खेल रियो दि जेनेरियोमा बिहान ४:४५ बजेदेखि सुरू हुनेछ।

यसअघि समूह चरणमा भएको खेलमा ब्राजिलले पेरूलाई ४-० गोलले पराजित गरेको थियो। २०१९ मा भएको संस्करणमा ब्राजिलले पेरुलाई नै पराजित गर्दै उपाधि जितेको थियो । ब्राजिलले अन्तिम आठमा चिलीमाथि १-० को जित निकाल्दै अन्तिम चारमा स्थान पक्का गरेको हो। पेरूले पाराग्वेलाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको थियो।

ब्राजिलले ९ पटक कोपा अमेरिकाको उपाधि जितेको छ । जसमा ५ पटक आयोजकको रुपमा जितेको छ । अर्को तथ्य ब्राजिलले आयोजक हुँदा सधैं उपाधि जितेको छ । ब्राजिलले पछिल्लो पटक सन् १९९७ र १९९९ तथा २००४ र २००६ मा लगातार दुई पटक उपाधि जितेको थियो । दुई पटकको च्याम्पियन पेरुले भने सन् १९७५ यता उपाधि जित्न सकेको छैन । २०१९ को फाइनलमा हारेको पेरु २०११ र २०१५ मा तेस्रो भएको थियो ।

यो खेलमा ब्राजिलका फरवार्ड गाब्रियल जेसस उपलब्ध हुनेछैनन्। चिलीविरुद्धको खेलमा रातो कार्ड पाएका कारण उनी एक खेलको प्रतिबन्धमा छन्। नेइमारसँगै रिचार्लीसन र रोबर्टो फिर्मिनो अग्रपंक्तिमा हुनेछन्। फ्रेड र कासेमिरो मिडफिल्डेनमा हुनेछन्।

पेरुका विंगर आन्द्रे करिल्लो ब्राजिलविरुद्धकाे खेलमा हुने छैनन्। रातो कार्ड पाएका कारण उनी पनि एक खेलको प्रतिबन्धमा छन्। दोस्रो सेमिफाइनलमा बुधवार बिहान अर्जेन्टिना र कोलम्बिया भिड्नेछन्। अर्जेन्टिना र कोलम्बिया बीचको खेल बुधबार बिहान ६ जेर ४५ बजे सुरु हुनेछ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0