ललितपुर मेयर कप : कप्तान रुबिना क्षेत्रीको अर्धशतमा प्रदेश नम्बर–१ को पहिलो जित

क्रिकेट

ललितपुर, २३ चैत । ललितपुर मेयर कप महिला टी–२० क्रिकेट प्रतियोगितामा प्रदेश नम्बर–१ ले पहिलो जित निकालेको छ । किर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सोमबार भएको खेलमा लुम्बिनी प्रदेशलाई १० विकेटले पराजित गर्दै प्रदेश–१ ले पहिलो जित निकालेको हो ।

लुम्बिनी प्रदेशले दिएको १ सय ५ रनको लक्ष्य प्रदेश–१ ले १३ दशमलव २ ओभरमा कुनै विकेट नगुमाइ पुरा गरेको हो । प्रदेश–१ को जितमा कप्तान रुबिना क्षेत्रीले अविजित ६८ र काजल श्रेष्ठले अविजित २५ रन बनाईन् । यो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा २ विकेट गुमाएर १ सय ४ रन बनाएको थियो । लुम्बिनीका लागि सरस्वती मगरले ५० र नेरी थापाले अविजित २० रन जोडिन ।

प्रदेश–१ की शबनम राईले एक विकेट लिईन् । जितसँगै प्रदेश–१ ले २ खेलमा २ अंक जोडेको छ । पहिलो खेलमा प्रदेश–१ एपीएफसँग ८ विकेटले पराजित भएको थियो । लुम्बिनीको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा लुम्बिनी ललितपुर मेयर्स–११ सँग २७ रनले पराजित भएको थियो प्रतियोगितामा पाँच टोली सहभागि छन् । प्रतियोगिताको विजेताले ३ लाख र उपविजेताले १ लाख ५० हजार पाउने छन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0