अमेरिका फुटबल : पेरुलाई हराउँदै ब्राजिल फाईनलमा

कोपा अमेरिका फुटबल

काठमाडौं : पेरुलाईपराजित गर्दै साविक विजेता ब्राजिल कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ । मंगलबार विहान सम्पन्न पहिलो सेमिफाइनल खेलमा ब्राजिलले पेरुमाथि १-० को कठिन जित निकाल्दै फाइनलमा स्थान पक्का गरेको हो।

ब्राजिलको जितमा खेलको ३५ औँ मिनेटमा लुकास पाक्वेटाले गरेको गोल नै निर्णय गोल बन्यो । उनले नेयमारले पेरुको डिफेन्स चिर्दै पेनाल्टी क्षेत्र भित्रबाट दिएको पासमा गोल गरेका थिए ।

क्वाटरफाईनलमा चिलीलाई हराउँदै ब्राजिल तथा पाराग्वेलाई हराउँदै पेरु सेमिफाईनलमा पुगेका थिए । यसअघि समुह चरणमा ब्राजिलले पेरुलाई ४–० ले हराएको थियो ।

ब्राजिलले उपाधिका लागि अर्जेन्टिना र कोलम्बियाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। अर्जेन्टिना र कोलम्बियाबीचको सेमिफाइनल खेल बुधबार बिहान ६ः४५ बजे हुनेछ । पेरुले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
2
+1
0
+1
0
+1
0