युरोकपको पहिलो सेमिफाईनलमा आज स्पेन र इटाली भिड्दै, कसले मार्ला बाजी ?

फुटबल युरो कप

काठमाडौं : युरोपमा जारी १६ औं संस्करणको युरोकप फुटबलको सेमिफाईनल खेलहरु आजबाट हुँदैछन् । इंग्ल्यान्डको वेम्बली स्टेडियममा हुने पहिलो सेमिफाइनलमा इटाली र स्पेन प्रतिस्पर्धा गर्ने छन् । इटाली र स्पेनबीचको खेल नेपाली समय अनुसार राति १२ बजेर ४५ बजे सुरु हुनेछ ।

एक अर्का विरुद्ध मैदान उत्रिँदा दुबै टोलीको लक्ष्य फाइनल हुनेछ । पछिल्लो समय निकै आकर्षक फुटबल खेलिरहेका यी दुई टोलीबीचको प्रतिस्पर्धा निकै रोमाञ्चक हुने अनुमान लगाउन सकिन्छ ।

क्वाटरफाईनलमा बेल्जीयमलाई २–१ ले हराउँदै इटाली तथा स्विट्जरल्याण्डलाई टाई ब्रेकरमा हराउँदै स्पेन सेमिफाईनलमा पुगेका हुन् । इटाली र स्पेनबीचको विजेताले उपाधिका लागि इंग्ल्यान्ड वा डेनमार्क मध्ये एक टिमसँग जुलाई ११ मा प्रतिस्पर्धा गर्नेछ।

युरोकपमा हालसम्म यी दुई टोलीले ६ खेलमा प्रतिस्पर्धा गरेका छन् । जसमा स्पेन र इटालीले समान २-२ खेल जित्दा २ खेल बराबरीमा सकिएको छ । युरोपियन च्याम्पियनसिपमा दुई टिमबीच सातौं पटक प्रतिस्पर्धा हुन लागेको हो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
1
+1
2
+1
1
+1
1
+1
0