स्पेन भर्सेज इटली : ‘हेड टु हेड’ स्पेन अगाडि

फुटबल युरो कप

काठमाडौं : जारी युरोकप फुटबलको पहिलो सेमिफाइनल खेलमा आज राति हुने स्पेन र इटली आमनेसामने हुँदैछन्। खेल नेपाली समय अनुसार राति पौने १ बजे इङ्ल्यान्डको वेम्बली स्टेडियममा हुनेछ ।

स्पेनले क्वाटरफाइनलमा स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३–१ गोल अन्तरले हराउँदै सेमिफाइनलमा पुगेको हो भने इटालीले फिफा वरीयताको शीर्ष टिम बेल्जियमलाई पराजित गरेको थियो। जर्मनीको म्युनिखस्थित एलिनाज एरेनामा सम्पन्न खेलमा इटलीले बेल्जियमलाई २-१ गोलअन्तरले हराएको थियो।

यो खेलको विजेताले उपाधिका लागि इङ्ल्यान्ड र डेनर्माकबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । इंग्ल्यान्ड र डेनमार्कबीचको दोस्रो सेमिफाइनल बुधबार राति हुनेछ।

हेड टु हेड

इटाली र स्पेनबीच हालसम्म ३३ खेलमा प्रतिस्पर्धा भएको छ । जसमा स्पेनले १२ खेल जितेको छ । १२ खेल बराबरीमा सकिदा ९ खेल इटालीले जितेको छ । पछिल्लो १४ खेलमा इटालीले स्पेनलाई मात्र दुई पटक हराउँन सकेको छ । ७ खेल बराबरी खेल्दा ५ खेलमा इटाली पराजित भएको छ । युरोपियन च्याम्पियनसिपमा दुई टिमबीच सातौं पटक प्रतिस्पर्धा हुन लागेको हो ।

 

यसअघि भएका ६ खेलमा स्पेन र इटालीले समान २-२ खेल जित्दा २ खेल बराबरीमा सकिएको छ । युरो कपमा यी दुईले सन् १९८० मा पहिलोपटक एक अर्काको सामना गरेका थिए । यो खेल गोलरहित बराबरीमा सकिएको थियो । अघिल्लो संस्करणको युरो कपमा इटालीले २-० को जित दर्ता गरेको थियो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0