पछिल्लो ३२ खेलमा अपराजित इटाली

फुटबल युरो कप

काठमाडौं : १६ औं संस्करणको युरोकप फुटबलको पहिलो सेमिफाइनलमा खेल आज (मंगलबार) उपाधि दाबेदार मानिएका दुई टोली स्पेन र इटाली प्रतिस्पर्धा गर्नेछन् । यो खेल इङ्ग्ल्याण्डको वेम्बली स्टेडियममा नेपाली समय अनुसार राति १२ बजेर ४५ बजे सुरु हुनेछ ।

इटाली पछिल्लो ३२ खेलमा अपराजित छ । युरोकपको क्वाटरफाइनलमा बेल्जियमलाई २–१ ले हराउँदै इटलीले अन्तर्राष्ट्रिय फुटबलमा अपराजित यात्रा ३२ खेलसम्म पुर्याएर नयाँ इतिहास रचेको छ । सेप्टेम्बर २०१८ यता इटली अपराजित छ । सर्वाधिक लामो अपराजित यात्राको दौडमा यसअघि इटली र अर्जेन्टिना समान ३१–३१ खेलसहित तेस्रोमा थिए ।

लामो समय अपराजित रहने टोलीको सूची यस्तो छ :

ब्राजिल (१९९३–९६ सम्म) : ३५ खेलसम्म अपराजित
स्पेन (२००७–०९) : ३५ खेलमा अपराजित
इटली (२०१८–अहिलेस्म्म) : ३२ खेलमा अपराजित
अर्जेन्टिना (१९९१–९३) : ३१ खेलमा अपराजित
इटली (१९३५–१९३९) : ३० खेलमा अपराजित
फ्रान्स (१९९४–१९९६) : ३० खेलमा अपराजित
अल्जेरीया (२०१८– अहिलेसम्म) : २७ खेलमा अपराजित

इटाली र स्पेनबीच हालसम्म ३३ खेलमा प्रतिस्पर्धा भएको छ । जसमा स्पेनले १२ खेल जितेको छ । १२ खेल बराबरीमा सकिदा ९ खेल इटालीले जितेको छ । पछिल्लो १४ खेलमा इटालीले स्पेनलाई मात्र दुई पटक हराउँन सकेको छ । ७ खेल बराबरी खेल्दा ५ खेलमा इटाली पराजित भएको छ । युरोपियन च्याम्पियनसिपमा दुई टिमबीच सातौं पटक प्रतिस्पर्धा हुन लागेको हो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0