युरोकप : गोल्डेन बुटको दौडमा रोनाल्डो अगाडी, कस्को कति गोल ?

फुटबल युरो कप

काठमाडौं । युरोकप अन्तर्गतको सेमिफाईनल खेल आजबाट सुरु हुदैछ । स्पेन र इटालीबिच हुने आजको खेल राति १२:४५ बजे देखि सुरु हुनेछ । यसैबिच युरोकपको सर्वाधिक गोलकर्ताले पाउने गोल्डेन बुटको रेस पनि रोमाञ्चक मोडमा पुगेको छ ।

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो र चेक रिपब्लिकका फरवार्ड प्याट्रिक सिकले समान ५–५ गोल गरेका छन् । दुवै खेलाडीले प्रतियोगितामा अन्तिम खेल खेलिसकेका छन् । गोल बराबरी गरेपनि रोनाल्डोले गोल असिस्ट पनि गरेको हुनाले अहिलेसम्म रोनाल्डोले नै गोल्डेन बुट जित्ने छन् ।

समान गोल गरेको अवस्थामा असिस्ट संख्याले सर्वाधिक गोलकर्ताको छिनोफानो हुनेछ । यसमा रोनाल्डोले एक असिस्ट दिँदा सिकको नाममा कुनै असिस्ट छैन । त्यसैले रोनाल्डो नै अहिलेसम्मको दौडमा अघि छन् ।

त्यस्तै ४-४ गोल गरेका फ्रान्सका करिम बेन्जमा, बेल्जियमका रोमेलु लुकाकु र स्विडेनका एमिल फोर्सबर्गको गोल्डेन बुट जित्ने सम्भावना सकिएको छ । बेल्जियम, फ्रान्स र स्विडेन युरोकपबाट यसअघि नै बाहिरिएका छन् ।

तीन गोल गरेका इंग्ल्यान्डका ह्यारी केन र रहिम स्टर्लिङसँगै डेनमार्कका कास्पर डोलबर्ग गोल्डेन बुटका दौडमा छन् । सेमिफाइनलमा यी दुई टोलीले एक अर्काको सामना गर्ने हुँदा अबको दुई खेलमा यी खेलाडीलाई आफ्नो गोल संख्या बढाउने अवसर रहनेछ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
3
+1
10
+1
3
+1
17
+1
2
+1
7
+1
4