कोपा अमेरिका सेमिफाईनल : भोलि बिहान अर्जेन्टिना र कोलम्बिया भिड्ने, कसले जित्ला खेल ?

कोपा अमेरिका फुटबल

काठमाडौं । कोपा अमेरिकाको अन्तर्गतको दोस्रो सेमिफाईनलमा भोलि अर्जेन्टिना र कोलम्बिया भिड्दैछन् । खेल नेपाली समय अनुसार भोलि बिहान ६:४५ बजे सुरु हुनेछ । क्वाटरफाइनलमा अर्जेन्टिनाले इक्वेडरलाई ३-० गोलले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको थियो ।

कोलम्बियाले क्वाटरफाइनलमा उरुग्वेलाई टाइब्रेकरमा पराजित गर्दै अन्तिम ४ मा स्थान बनाएको हो। प्रतियोगितामा उसको यात्रा संघर्षपूर्ण दे‍खिन्छ। हालसम्म अर्जेन्टिना र कोलम्बियाले ४० खेलमा एक–अर्काको सामना गरेका छन् । अर्जेन्टिना २३, कोलम्बिया ९ खेलमा विजयी हुँदा ८ खेल बराबरीमा सकिएको छ ।

२०१९ को कोपा अमेरिकामा अर्जेन्टिना कोलम्बियासँग समूह चरणमा २-० गोलले पराजित भएको थियो । केही समय अगाडि विश्वकप छनोटमा कोलम्बिया र अर्जेन्टिनाले २-२ गोलको बराबरी खेलेका थिए ।

अर्जेन्टिना उरुग्वे (१५) पछि सर्वाधिक कोपा अमेरिका उपाधि हात पर्ने टोली पनि हो । १४ पटक उपविजेता बनेको अर्जेन्टिना ५ पटक तेस्रो र २ पटक चौथो स्थानमा रहेको थियो । कोलम्बियाले भने अहिलेसम्म १ पटक मात्र कोपा अमेरिकाको उपाधि उचालेको छ । कोलम्बिया सन् २००१ मा विजेता बनेको थियो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0