टाइब्रेकरमा स्पेनलाई पराजित गर्दै इटाली फाइनलमा

फुटबल युरो कप

काठमाडौं । स्पेनलाई पराजित गर्दै इटाली युरोकप २०२० को फाइनलमा प्रवेश गरेको छ । इंग्ल्यान्डस्थित वेम्बली स्टेडियममा बुधबार बिहान भएको पहिलो सेमिफाइनलमा इटालीले स्पेनलाई पेनाल्टी सुटआउटमा ४-२ गोलले पराजित गर्दै फाइनलमा पुगेको हो ।

इटालीका म्यानुएल लोकाटेलीको प्रहार गोलरक्षक उनाइ सिमोनले बचाए। तर, आन्द्रे बेलोट्टी, लियोनार्दो बुनिची, फेडेरिको किएजा र जोर्जिन्होले भने गोल गरे। पेनाल्टीमा स्पेनका मोरेनो जेरार्ड र थियागो अल्कान्टाराले गोल गरे। डानिल ओल्मो र अल्भारो मोराटाले गोल गर्न सकेनन्।

त्यस अगाडि खेलको ६० औं मिनेटमा फेडेरिको किएसाले गोल गर्दै इटालीलाई अग्रता दिए । ८० औं मिनेटमा अल्भारो मोराटाले स्पेनका लागि बराबरी गोल गरे । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि अतिरिक्त समयमा पुग्यो । अतिरिक्त समयमा पनि गोल नभएपछि खेलको छिनाफानो टाइब्रेकरबाट भएको हो ।

जितसँगै इटालीले ३३ खेलमा अपराजित यात्रा तय गरेको छ । इटालीले अब फाईनलमा इंग्ल्याण्ड र डेनमार्कबिच आज हुने दोस्रो सेमिफाईनल खेलको विजेतासँग खेल्नेछ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0