कोलम्बियालाई हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा

कोपा अमेरिका फुटबल

काठमाडौं । कोलम्बियालाई पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ । बुधबार बिहान भएको खेलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा ३-२ गोल अन्तरले पराजित गर्दै कोपा अमेरिकाको फाइनलमा पुगेको हो ।

निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि खेलको नतिजा टाइब्रेकरबाट लिइएको थियो ।कोलम्बियाका लागि यरी मिना, कर्डोना र डेनियल सान्चेजले पेनाल्टी मिस गरेका थिए । त्यस्तै अर्जेन्टिनाबाट रोड्रीगो डी पाउलले पेनाल्टी मिस गरेका थिए । अर्जेन्टिनाका गोलकिपर मार्टिनेजले तीनवटा पेनाल्टी रोकेका थिए ।

फाइनलमा अर्जेन्टिनाले ब्राजिलसँग खेल्नेछ । खेलको उपाधिका लागि ११ जुलाईमा हुने छ । साविकको विजेता ब्राजिलले मंगलबार बिहान पेरुलाई १–० ले हराउँदै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।

 

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0