इंग्ल्यान्ड भर्सेज डेनमार्क ! यस्तो छ ‘हेड टु हेड’

फुटबल युरो कप

काठमाडौं, असार २३ : युरो कपअन्तर्गत दोस्रो सेमिफाइनलमा घरेलु मैदान वेम्बली स्टेडियममा इंग्ल्यान्डलेडेनमार्कको सामना गर्दै छ । आजको खेलमा जीत हासिल गरे इंग्ल्याण्डले सन् १९६६ पछि पहिलो पटक मुख्य प्रतियोगिताको फाइनलमा स्थान बनाउने छ । आजको सेमिफाइनल खेलको विजेताले आइतबार फाइनलमा इटालीको सामना गर्नेछ ।

५५ वर्षअघि विश्वकपको फाइनल पुगेर उपाधि जिते यता इंग्ल्यान्ड कुनै पनि मुख्य प्रतियोगिताको फाइनलमा पुग्न सकेको छैन। डेनमार्क सन् १९९२ को विजेता हो। समूह चरणका सुरुवाती दुई खेलमा पराजित भए पनि डेनमार्कले उत्कृष्ट पुनरागमन गरेर मिफाइनलसम्मको यात्रा तय गर्‍यो।

इङ्ल्याण्ड क्वाटरफाइनलमा युक्रेनमाथि ४–० गोलको शानदार जित निकाल्दै अन्तिम चारमा पुगेको हो। यस्तै राउण्ड अफ १६ मा इङ्ल्याण्डले उपाधि दाबेदार जर्मनीलाई २–० गोल अन्तरले पराजित गरेको थियो। डेनमार्क क्वाटरफाइनलमा चेक रिपब्लिकलाई २–१ गोल अन्तरले हराएर सेमिफाइनलमा पुगेको हो।

हेड टू हेड

इङ्ल्याण्ड र डेनमार्कबीच अहिलेसम्म २१ पटक प्रतिस्पर्धा भएको छ। जसमा इङ्ल्याण्ड १२ खेलमा जित निकाल्दा डेनमार्कले ४ खेल जितेको छ। दुई टिमबीच ५ खेल बराबरीमा सकिएको छ।

इंग्ल्याण्डले पछिल्ला ६ प्रतिस्पर्धात्मक खेलमा डेनमार्कलाई मात्र एक पटक हराएको छ । सन् २००२ को विश्वकपको अन्तिम १६ मा इंग्ल्याण्ड विजयी भएको थियो । दुई टोलीबीच वेम्बलेमा खेलिएका सबै खेलमा १–० को नतिजा आएको छ । जसमा इंग्ल्याण्डले पाँच र डेनमार्कले दुईमा जीत हासिल गरेको छ ।

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
1
+1
1
+1
0
+1
0