एसिया कप छनाेट खेल्ने प्रारम्भिक महिला टोलीको घोषणा, को–को परे ?

फुटबल

काठमाडौं, असार २३ : एएफसी महिला एसिया कप छनोटका लागि नेपाली टोली तयार गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले ४५ जना खेलाडी प्रारम्भिक रुपमा बन्द प्रशिक्षणका लागि बोलाएको छ।

गत फागुनमा भएको महिला लिगको प्रदर्शनलाई हेरेर खेलाडीको छनोट भएको एन्फाले जनाएको छ । प्रतियोगितामा स्टार स्ट्राइकर सावित्रा भण्डारी भने टोलीबाट बाहिर रहने छिन् । उनी घुँडाको चोटका कारण उपचारका लागि कतारमा रहेकी छिन् ।

एसियन कपको छनोटमा नेपाल हङकङ र फिलिपिन्स रहेको समूह एफमा रहेको छ। छनोट चरणका खेलहरु सेप्टेम्बर १३ देखि २५ सम्म काठमाडौंको दशरथ रंगशालामा हुनेछ। एसियन कप क्वालिफायर्सको छनोटका लागि जुलाई १८ बाट प्रशिक्षण सुरु हुने एन्फाले जनाएको छ।

प्रारम्भिक टोली छनोटमा परेका खेलाडीहरु :-

अन्जना राना मगर, एन्जिला तुम्बापो सुब्बा, उषा नाथ, सावित्री किसन, सपना राई, रेनुका नगरकोटी, सरु लिम्बु, अनिता बस्नेत, अनिता केसी, गिता राना, अन्जली योन्जन, प्रीती राई, निषा थोकर, सृजना चेम्जोङ, हिरा कुमारी भूजेल, रबिना गोले, सुष्मा तामाङ, पुनम जर्घा मगर, कबिता धिमाल, सुनिता चौधरी, बिमला बिक, दिपा राई, सपना लामा, रश्मी घिसिङ, शर्मिला थापा, इन्दिरा राई, विमला चौधरी, अम्रिता जैसी, घिमकुमारी गुरुङ, सिर्जना खड्का, निर्मला बिक, मनिषा राउत, पुजा राना, निर्मला उपाध्याय, रेखा पौडेल, दीपा न्यौपाने, सिवानी कुस्वार, सरस्वती हमाल, अमिशा कार्की, कुशुम खतिवडा, सृजना सिंह, सबिता राना, रजनी थोकर, सलोनी राना मगर, चुम्लुङ्मा राई ।

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
7
+1
1
+1
2
+1
3
+1
1
+1
1

Leave a Reply

Your email address will not be published. Required fields are marked *