सन्दिप लामिछाने ‘द हन्ड्रेड क्रिकेट’ प्रतियोगिता खेल्न भोली बिहिबार बेलायत जादैँ

क्रिकेट

काठमाडौं, असार २३ : नेपाली लेग स्पिनर सन्दीप लामिछाने ‘द हन्ड्रेड क्रिकेट’ प्रतियोगिता खेल्न भोली बिहिबार राती इंग्ल्यान्ड प्रस्थान गर्ने भएका छन्। यसअघि भिषाको समस्याका कारण टी २० ब्लास्ट खेल्न नपाएका सन्दिप बिहिबार राती द हन्ड्रेडका लागि बेलायत जाने भएका हुन् ।

बेलायत पुगेपछि उनी १० दिनको क्वारेन्टिन बस्नुपर्ने बताइएको छ । पीसीआर रिपोर्ट नेगेटिभ भएको हुनुपर्नेछ । उनी बेलायत गएर पनि दुई पटक क्वारेन्टिनमा हुँदा पीसीआर परिक्षण गर्नुपर्नेछ ।

द हन्ड्रेन्ड २२ जुलाई देखि २१ अगष्ट सम्म चल्ने छ। प्रतियोगितामा आठ टोली छन्। राउन्ड रोविन लिगको आधारमा प्रतिस्पर्धा हुनेछ। जसमा पहिलो खेलमा नै सन्दिपको टिम ओभलले म्यानचेस्टर आर्जिनल्ससँग खेल्नेछ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
Tagged