मेसीपछि अर्जेन्टिनी फुटबलमा नयाँ स्टार

फुटबल

एजेन्सी। लामो समयदेखि लियोनल मेसी अर्जेन्टिनी फुटबलको केन्द्रमा छन्। तर कोपा अमेरिकाको सेमिफाइनलमा कोलम्बियाविरुद्ध तीन पेनाल्टी बचाइदिएपछि अर्जेन्टिनी फुटबलले नयाँ हिरो पाएको छ, गोलकिपर इमिलियानो मार्टिनेज।

पेनाल्टी सुटआउटमा अर्जेन्टिनाका लागि गोलरक्षक इमिलियानो मार्टिनेज नायक बने । उनले कोलम्बियाको तीन वटा प्रहार बचाए । गोलरक्षक इमिलियानोले डाभिन्सन सान्चेज, यारी मिना र इडविन कोर्डोनाको प्रहार बचाएका थिए ।

कोलम्बियालाई ३–२ ले हराउँदै अर्जेन्टिनाले फाइनलमा स्थान बनाएको छ। जीतपछि कप्तान मेसीले भने, ‘‘परिस्थिति जटिल थियो। तर हामीसँग मार्टिनेज थिए। उनी असाधारण छन्। हामीले उनलाई विश्वास गर्यौं। उनले हाम्रो लक्ष्य पुरा गरे।’’

यस्तै मुख्य प्रशिक्षक लिओनल स्कोलानीले मार्टिनेजको प्रभाव पेनाल्टीभन्दा धेरै अगाडि रहेको बताए । ‘हामी मार्टिनेजको प्रदर्शनबाट धेरै खुशी छौं, पेनाल्टीका कारण मात्र होइन तर उनले सुरक्षामा पारेको प्रभावको कारण पनि,’ स्कोलानीले भने, ‘डिफेण्डरको समूहले स्थायी रुपमा सपोर्ट गरेका छन् र हामीलाई त्यो मन पर्छ ।’

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
7
+1
3
+1
3
+1
16
+1
2
+1
1

Leave a Reply

Your email address will not be published. Required fields are marked *