इङ्ल्यान्ड पहिलाेपटक युरोकपको फाइनल

फुटबल युरो कप

काठमाडौं । डेनमार्कलाई हराउँदै इङ्ल्यान्ड युराेकप इतिहासमा पहिलाेपटक फाइनलमा प्रवेश गरेको छ । बुधबार राति डेनमार्कलाई अतिरिक्त समयमा २–१ गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्ड उपाधि नजिक पुगेको हो । घरेलु मैदान वेम्बली स्टेडियममा इंग्ल्यान्डले सुरुवाती एक गोलको अग्रता उल्टाएर जित निकाल्न सक्यो ।

निर्धारित समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि ३० मिनेटको अतिरिक्त समयमा गोल गर्दै इंग्ल्यान्डले जित निकालेको हो। ठूलो प्रतियोगितामा इंग्ल्याण्ड ५५ वर्षपछि पहिलो पटक फाइनल पुगेको हो । यसअघि सन् १९६६ को विश्वकपमा इंग्ल्याण्डले फाइनल पुग्दै उपाधि जितेको थियो ।

खेलको ३०औं मिनेटमा मिकेल डाम्सगार्डले फ्रिकिकमा गोल गर्दै डेनमार्कलाई अग्रता दिलाएका थिए । पहिले गोल गरेपछि डेनमार्कले अग्रतालाई कायम राख्न सकेन । तर, खेलको ३९ औं मिनेटमा डेनमार्कका कप्तान सिमोनले आत्मघाती गोल गरेपछि खेल १–१ को बराबरीमा पुग्यो ।

दोस्रो हाफमा दुबै टोलीले थप गोल गर्न सकेनन् र खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयको १ सय ४ औं मिनेटमा कप्तान केनले गोल गर्दै इंग्ल्यान्डलाई २–१ को जित दिलाए । इङ्ल्यान्डले अब फाइनलमा इटालीसँग प्रतिस्पर्धा गर्नेछ ।

 

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0