टोक्यो ओलम्पिकमा सहभागीता नजनाउने उत्तर कोरियाको निर्णय

समाचार

टोक्यो । उत्तर कोरियाले आगामी वर्ष जापानको टोक्योमा हुने ओलम्पिकमा सहभागीता नजनाउने जनाएको छ । उत्तर कोरियाका खेलकूद मन्त्रालयले मंगलवार कोरोना महामारीका कारण आफ्ना खेलाडीहरुलाई टोक्यो ओलम्पिकमा सहभागीता गराउन नसकिने जनाएको हो ।

नर्थ कोरियाको ओलम्पिक कमिटी र खेलकूद मन्त्री किम इल गुकबीच मार्च २५ मा भएको छलफलपछि मन्त्रालय यस्तो निर्णयमा पुगेको उत्तर कोरियाको जोसन स्पोर्टमा प्रकाशित समाचारमा उल्लेख छ ।

विश्वव्यापी फैलिएको स्वास्थ्य संकटलाई मध्यनजर गरी ३२ औं ओलम्पिक खेलकूदमा सहभागीता नजनाउने निर्णय ओलम्पिक कमिटीले गरेको अनलाइनले जनाएको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0